जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवस

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १२ : ००
जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवस

काठमाडौं   नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवस।कांग्रेस र भ्रातृ संगठनले शुक्रबार विभिन्न कार्यक्रम गरी बीपीको सम्झना गर्दैछन्।

१९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका उनले आफ्नो जीवनकालमा लामो समयसम्म कांग्रेसको नेतृत्व सम्हाले। नेपालमा १०४ वर्षे राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नमा बीपीको निकै ठूलो योगदान छ।

२०१५ सालमा पहिलो आमनिर्वाचनमा पार्टीले बहुमत पाएपछि उनी प्रधानमन्त्री बनेका थिए। २०१७ साल पुस १ मा राजा महेन्द्रले सरकार भंग (‘कू’) गरी उनलाई कैदमा राखेका थिए। ०२५ कात्तिक १४ गते जेलमुक्त भएपछि उनी भारतमा निर्वासन जीवन बिताउन पुगेका थिए। त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए। बीपीको निधन २०३९ साल साउन ६ गते क्यान्सरबाट भएको थियो। 

नेपाली साहित्यमा पनि उँचो स्थान बनाएका उनका नरेन्द्र दाइ​, सुम्निमा, मोदी आइन्, तीन घुम्ती र दोषी चश्माजस्ता कृति चर्चित छन्।

 

प्रतिक्रिया दिनुहोस