लोसपाका १०० कार्यकर्ताले दिए सामूहिक राजिनामा

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, ११ : ५९
लोसपाका १०० कार्यकर्ताले दिए सामूहिक राजिनामा

रौतहट  । रौतहटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का १०० भन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्।रौतहटमा पत्रकार सम्मेलनगरी लोसपाका नेता कार्यकर्ताले औपचारिक रूपमा पार्टीत्यागको घोषणा गरेका हुन्।

२०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै नेता कार्यकर्ताले पार्टी परित्याग गरेको गौर नगरपालिका ३ का पूर्व वडाध्यक्ष श्याम सुन्दर गुप्ताले बताए।

पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पूर्वनगर प्रमुख अजयकुमार गुप्ता, उपप्रमुखकी प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्व अध्यक्ष रामस्वार्थ यादव, वडा नम्बर ९ का पूर्वअध्यक्ष राजेश सिंह (मोहन), वडा सदस्य भैरो महतो, बैजनाथ महतो लगायत छन्।

गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकालाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप पार्टी कार्यकर्ताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस