गभर्नर अधिकारीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १६ : ३९
गभर्नर अधिकारीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । विवादमा मुछिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहीबार अनेरास्ववियू (क्रान्तिकारी), नेविसंघ लगायतका संयुक्त विद्यार्थी संगठनले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा मागिएको थियो ।

प्रतिक्रिया दिनुहोस