काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ ।
सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासकाबीच तल्लो सदनले विधेक पारित गरेको हो । दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्र्टिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो । विधेयकको पक्षमा २ सय ६७ र विपक्षमा १ सय ५७ मत परेको थियो ।
तर, विधेयक सिनेटबाट पारित हुने विषयमा भने अनिश्चित भएकाे छ । विधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँगै सामेल भएका थिए । विधेयकको पक्षमा उनीहरू सहभागी हुँदा सदनमा तालिको गडगडावट सुनिएको थियो।
१ सय सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रर्याट रहेका छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ । यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवालाई समेत सुरक्षा प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ साउन २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा