काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ ।
सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासकाबीच तल्लो सदनले विधेक पारित गरेको हो । दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्र्टिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो । विधेयकको पक्षमा २ सय ६७ र विपक्षमा १ सय ५७ मत परेको थियो ।
तर, विधेयक सिनेटबाट पारित हुने विषयमा भने अनिश्चित भएकाे छ । विधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँगै सामेल भएका थिए । विधेयकको पक्षमा उनीहरू सहभागी हुँदा सदनमा तालिको गडगडावट सुनिएको थियो।
१ सय सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रर्याट रहेका छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ । यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवालाई समेत सुरक्षा प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ साउन २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध