काठमाडाैँ । रातिदेखि बाढीपहिरोले अवरुद्ध बनाएको डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो ।
लमजुङस्थित डुम्रे–बेँसीसहर –चामे सडक योजना कार्यालयका प्रमुख अच्चुतविलास पन्तका अनुसार वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजारसम्म जोडिने यस भागमा माथिबाट लेदो आएर अवरुद्ध भागको लेदो निकालेसँगै पुनः सवारी सञ्चालनमा आएको हो । यहाँ एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको उनको भनाइ थियो । माथिबाट लेदो आएको थियो भने तल मर्स्याङ्दी नदीले कटान गर्दा सडक नै भासिएको थियो ।
गतवर्ष र गत असारको पहिलो हप्ता गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थान वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ । सो सडक ४२ किलोमिटर दूरीको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १६ : १४
लेखकबाट थप