जाजरकोटका स्थानीय बासिन्दाले खानेपानी सहित सिँचाइ सुविधा पाउने

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १३ : २०
जाजरकोटका स्थानीय बासिन्दाले खानेपानी सहित सिँचाइ सुविधा पाउने

‌काठमाडाैँ । भेरी नगरपालिका–१३ कुदु जाजरकोटका स्थानीय बासिन्दाले खानेपानी सहित सिँचाइ सुविधा पाउने भएका छन्।यहाँ एकैपटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासी असोजसम्म खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन्। असोजसम्म तीनवटै योजनाहरू निर्माण कार्य पूरा हुने लक्ष्यका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। कुदुको  ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्नेमन्त्री सिंहले बताए।

भेरी नदीको पानीलाई लिफ्टमार्फत कुदुमा ल्याई यहाँ १२ महिना सेवा प्रवाह गर्न लागिएको हो। पहिलो लिफ्ट रु.  ८९ लाख लागतमा, दोस्रोमा रु. १ करोड ३ लाख लागतमा र तेस्रो लिप्टमा रु. ९० लाखमा निर्माण कार्य भइरहेको छ।

लामो समयदेखि सुक्खा, खडेरीले पिउने पानीको समस्या झेल्दै आएको कुदुमा तीनवटा लिफ्ट सिँचाइ योजनाका निर्माण सम्पन्न भएपछि कुदुमा सिँचाइ गर्नलाई पर्याप्त पानी पुग्ने भएको छ। ११० हेक्टर जमिनमा भेरीको पानीबाट पयाप्त सिँचाइ पुरयाउन सकिएमा कुदुको जमिनलाई खाद्यान्न उत्पादनमा प्रयोग गर्न सकिने भएको छ।भेरीको पानीले सिँचाइ गरेर कुदुमा धान, गहुँ लगायतका अन्नबाली र व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुने स्थानीय बासिन्दा शेरबहादुर बस्नेतले बताए।

कुदुको विशाल फाँटलाई अन्न उत्पादनको रूपमा प्रयोग गरी जिल्लालाई नै सहयोग पुग्ने खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए। जिल्लाको ठूलो फाँटमध्ये यो एक रहेको छ।

अहिले पानीको अभावमा यहाँका स्थानीय बासिन्दाले आकाशे पानीको भरमा मकैबाली लगाउँदै आएका छन्। 

प्रतिक्रिया दिनुहोस