काठमाडाैँ । वेस्ट इण्डिजका ब्याटर लेन्डल सिमन्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका हुन् ।
सिमन्सले फ्रेन्चाइच क्रिकेटमा केन्द्रित रहन १६ बर्से अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएको बताएका छन् । उनले वेस्ट इण्डिजका लागि आठ टेस्ट, समान ६८ एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेल खेलका छन् ।
सन् २००९ मा इंल्याण्डविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेको उनले सन् २०११ मा बंगलादेशविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । उनले यो शैलीका २७८ रन बनाउनका साथै एक विकेट हात पारेका छन् । सिमन्सले सन् २००६ मा पाकिस्तानविरुद्ध पहिलो तथा सन् २०१५ मा न्युजिल्याण्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । यो शैलीमा उनले १६ अर्धशतकसहित १,९५८ रन बनाउनुका साथै एक विकेट हात परे ।
सन् २००७ मा इंग्ल्याण्डविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले सन् २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । सिमोन्सले यो शैलीमा ६ अर्धशतकसहित १,५२७ रन बनाउँदा ६ विकेट हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १२ : ५९
लेखकबाट थप