काठमाडाैँ । प्रतिबन्धित गाँजा र लागुऔषधसहित प्रहरीले पर्साबाट चार जनालाई पक्राउ गरेको छ।प्रहरीले प्रतिबन्धित गाँजासहित पर्सागढी नगरपालिका-८ बाट बहुदरमाई नगरपालिका-९ बस्ने सुरेन्द्र पटेल र जवाहिर राउतलाई पक्राउ गरेको हो।
पर्सागढी नगरपालिकाकोे एकटाँगाबाट बडनिहार हुँदै प्र २-०३-०२० प ८८०० नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा पछाडि बसिरहेका राउतले बोकेको झोलाबाट ६ किलो गाँजा बरामद गरेको हो।
यस्तै, प्रहरीले वीरगञ्ज महानगरपालिका-१४ गण्डक चोकमा ना ८ ख १२९४ नम्बरको सार्वजनिक बसलाई चेकजाँच गर्दा साेमा सवार बाराको कलैया उपमहानगरपालिका-११ बस्ने शमशेर अन्सारी र रामविशवास पासवानलाई लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका दुबैजनाको साथबाट लागुऔषध विनसिरेक्स १५० बोत्तल र नाइट्राभेट ६० ट्याब्लेट बरामद गरिएको पर्साका डिएसपी प्रहलाद कार्कीले जानकारी दिए।लागुऔषध र गाँजासहित पक्राउ परेका चारैजनालाई लागुऔषध सम्बन्धि कसुरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १२ : ४६
लेखकबाट थप