कार र टिपर ठोक्किदा तीनजना गम्भीर घाइते

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, ११ : ५१
कार र टिपर ठोक्किदा तीनजना गम्भीर घाइते

काठमाडाैँ  । काभ्रेपलाञ्चोकको भुल्लु गाँउपालिका–१० दोलालघाटमा सोमबार बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।  

चरिकोटबाट काठमाडौं आउँदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।  टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस