म्यानचेस्टर सिटीका जिन्चेन्को आर्सनल जाने पक्का

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, ११ : २९
म्यानचेस्टर सिटीका जिन्चेन्को आर्सनल जाने पक्का

काठमाडाैँ  । स्ट्राइकर गाब्रियल जेसुस अनुबन्ध गरेको केही हप्तामै इंग्लिस प्रिमियर क्लब आर्सनलले म्यानचेस्टर सिटीका डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोलाई अनुबन्ध गर्ने भएको छ । 

गत सिजन सिटीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका दुबै खेलाडी यसपटक लण्डन क्लबमा देखिने पक्का भएको हो । युक्रेनी लेफ्ट ब्याक ओलेक्सान्डर जिनचेन्को सन् २०१६ मा पेप ग्वार्डिओला सिटी आएपछि अनुबन्ध हुने पहिलो खेलाडी बनेका थिए ।  

२५ वर्षीय जिन्चेन्को भित्राउन आर्सनल र सिटीबीच ३० मिलियन पाउण्डको सहमति बनेको छ । जिनचेन्कोले सिटीका लागि १ सय २८ खेल खेलेका छन् । जहाँ उनले प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । 

प्रतिक्रिया दिनुहोस