एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १५ : ४९
एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन्। सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगी उनले राजीनामा दिएको स्रोतले जानकारी दियो।

आफूले दाबी गरेअनुसार सर्वोच्च अदालतले  फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ । सर्वोच्च अदालतले गत असार ३१ गते फैसला गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने उल्लेख गरेको थियो।

गत वैशाख १९ गते सरकारले धीरजप्रताप सिंहलाईआइजी बनाएपछि असन्तुष्ट पोखरेलले यसबिरुद्ध सर्वोच्च गुहारेका थिए।

प्रतिक्रिया दिनुहोस