कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक लोकल बसको हड्ताल

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, ११ : १६
कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक लोकल बसको हड्ताल

काठमाडौँ  । कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक लोकल बस, म्याजिक (सानो गाडी)ले हड्ताल गरेका छन्।उनीहरुले माइक्रोबस र म्याजिक ल्याएर नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि सडकमा तेर्स्याएका छन्।नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु त्यहीबाट छुट्ने र एकपटक सबै त्यहाँ पुग्नै पर्ने नियम बनाइएको थियो।

नेपालगञ्ज–कोहलपुर चल्ने लोकल सवारी साधनलाई पनि एकपटक बसपार्कमा पुग्नु पर्ने र ५० रुपैया दिनु पर्ने नियम बनाइएको थियो। यही नियमको विरुद्धमा लोकल बस सञ्चालकले शुक्रबार विहानदेखि हड्ताल गरेका छन्।

नेपालगञ्ज–कोहलपुर चल्ने माइक्रो बस र म्याजिक बसपार्क जान अपायक पर्ने र दैनिक ५० रुपैया तिर्नुपर्ने नियम उचित नभएको सञ्चालकहरुको भनाई छ। बसपार्क नजाने र ५० रुपैया नतिर्ने भन्दै बस सञ्चालकले हड्ताल गरेका हुन्।

बस सञ्चालकले हड्ताल गरेकाले नेपालगञ्ज–कोहलपुर रुटमा लोकल यात्रुवाहक सवारी साधन चलेका छैनन्। नेपालगञ्ज उपमहानगरपालिका, बस व्यवसायीका बीचमा छलफलको तयारी गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस