काठमाडौं । बागमती प्रदेश सरकारले मकवानपुरका तीन सञ्चारकर्मीलाई प्रदेशदूत पदकसहित विभिन्न २१ विधामा सम्मान प्रदान गरेको छ । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पद वितरण समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ती पदक वितरण गरेका हुन् ।
मकवानपुरका अग्रज पत्रकार कौशल पाण्डे, प्रताप विष्ट र पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्णसारु मगरलाई प्रदेश प्रमुख शर्माले पदक लगाइनुका साथै प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मानपत्र प्रदान गरे । प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो ।
उक्त निर्णयानुसार व्यक्ति तथा सङ्घसंस्थालाई पदक प्रदान गरिएको हो । प्रदेश सरकारले नेत्र स्वास्थ्य विशेषज्ञ डा सन्दुक रुइत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्तित्व तथा सात वटा संस्थालाई पनि विभिन्न सम्मान प्रदान गरेको छ । प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम र बद्रीप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिएको छ ।
त्यस्तै पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र मकवानपुरकै इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिएको छ । पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यलाई विकास सेवी सम्मान र मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्राप्त गर्नुभएको छ ।
संस्थागतरूपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्राली र मकवानपुरको सिमलथली एग्रो फार्म बाख्रा फार्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवर्द्धन सम्मान प्रदान गरिएको छ ।
पदक तथा सम्मान वितरणपछि मुख्यमन्त्री पाण्डेले पदकले थप जिम्मेवारी बोध गराउने बताउँदै प्रदेश सरकारले जनताका लागि अहोरात्र खट्न जिम्मेवारी बोध गराउँदै उक्त पदक र सम्मान वितरण गरिएको बताए । गणतन्त्र दिवसका अवसरमा प्रदान गरिएको पदक भए पनि उक्त समयमा समय अभावका कारण अहिले कार्यक्रम राखिएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० असार २०७९, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति