त्रिविमा व्यवस्थापनबाट भएका कमी–कजोरीहरु तत्काल सुधार गर्नुपर्छ : योगेश भट्टराई

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १५ : ५८
त्रिविमा व्यवस्थापनबाट भएका कमी–कजोरीहरु तत्काल सुधार गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले त्रिभूवन विश्व विद्यालयमा व्यवस्थापनबाट भएका कमीकजोरीहरु तत्काल सुधार गर्नुपर्ने बताए । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्थास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यालयले स्नातकोत्तर तहको परीक्षा पत्र बाहिर ल्याउन संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्नु माग गरे । उनले नेपालको सबैभन्दा ठूलो विश्व विद्यालयको विषयमा शिक्षा समितिमा पहिलो पटक त्यो पनि परीक्षामा प्रश्न–पत्र बाहिरएको विषयमा छलफल गर्नु राम्रो नभएको बताए । उनले त्रिभूवन विद्यालयमा विद्यार्थीहरुले अनैतिक काम गर्दा विश्वविद्यालय रमिता हेरेर बस्न नहुने बताए ।

उनले भने, ‘नेपालको सबैभन्दा ठूलो विश्व विद्यालयको विषयमा शिक्षा समितिमा पहिलो पटक छलफल गर्दैछौं । त्यो पनि प्रश्न पत्रको विषयमा छलफल गर्दैछौं । धर्मकान्त बास्कोटा ज्यू नामले पनि एकदमै प्रख्यात व्यक्ति हुनुहुन्छ । विश्व विद्यालयको उपकुलपति उहाँलाई अगाडि राखेर हामीले नेपालको समग्र एकेडेमिक एजेण्डामा छलफल गर्नुपर्ने थियो । उहाँ जतिको बौधिक मान्छेसँग तर आज हामी उहाँलाई सारै लजास्पद विषयमा छलफल गर्नुपरेको छ । यो विद्यालय विश्वको १२ औं नम्बरमा पर्छ । करिव ६ लाख विद्यार्थी अध्ययरत छन् ।’

उनले फेरि भने, ‘१,१२० वटा कलेजहरु सम्बन्धन प्राप्त रहेका छन् । प्रश्नपत्र सम्बन्धमा संलगन सबैलाई तत्काल कारबाही गर्नुपर्छ । त्यसमा कुनै दुविधा गर्नु हुँदैन । विश्व विद्यालयको व्यवस्थापनको कमजोरी भएको भए सच्याउनु प¥यो । यदी विश्व विद्यालयमा उशृङ्खल गतिविधि हुन्छन् भने रमिता हेरेर बस्न हुँदैन । त्रिभूवन विश्वविद्यालयमा अनावश्यक गतिविधि गर्ने भिसीको टेवलमा आएर तोडफोड गर्ने विद्यार्थी कारबाही र रेस्टिकेट हुन्छ की हुँदैन । विश्व विद्यालयले त्यस्तो काम गर्नेलाई कारबाही गर्नु सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस