काठमाडाैँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका-१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन्।
दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १२ : २०
लेखकबाट थप