काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । गएराति स्कट्ल्यान्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा ४० रनले नेपाल पराजित भएको हो ।
२२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो ।नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए । यस्तै, देव खनालले ३४, कुसल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४, आदील आलम र सोमपाल कामी समान १० रन जोडे ।
यस्तै, दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा उपकप्तान रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्यमा पेभेलियन फर्किए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
हारसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल