काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सत्ता गठबन्धन हतारमा गरिएको भन्दै कार्यन्वयन गर्ने संयन्त्र जिम्मेवार नभएको बताएका छन् ।
गठबन्धनकै कारण संगठन कमजोर भएको उनको गुनासो छ । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शर्माले यस्तो बताएका हुन् ।
गठबन्धन गरेर कांग्रेस पहिलो पार्टी बने पनि कमजोरी देखिएको औंल्याएका थिए । साथै माओवादीले कांग्रेसको साथ खोजे पनि विश्वास नगरेको उनको आरोप थियो । यस्तै आगामी चुनावमा गठबन्धन गर्नुअघि यस्ता कुरामा ध्यान दिनुपर्ने भन्दै उनले नेतृत्वलाई सचेत गराएका थिए ।
केही जिल्लाबाट सहयोग भयो राम्रो भयो तर केहीमा राम्रो भएन । नेकपा एकीकृत समाजवादी जनअनुमोदित भएन । नेकपा एसले एमालेले जितेको ठाउँ माग्यो जुन गलत भयो । माओवादीले साथ खोज्यो तर विश्वास गरेन । अरूसँग मिल्यो, उनले भने ।
उनले पोखरा महानगरपालिकासहित गण्डकीको चुनावी नतिजालाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका थिए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा कांग्रेसले एकीकृत समाजवादीका नेतालाई पोखराको मेयरमा सहयोग गर्ने निर्णय गर्दा शर्मालगायत नेताहरूले विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस