काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सत्ता गठबन्धन हतारमा गरिएको भन्दै कार्यन्वयन गर्ने संयन्त्र जिम्मेवार नभएको बताएका छन् ।
गठबन्धनकै कारण संगठन कमजोर भएको उनको गुनासो छ । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शर्माले यस्तो बताएका हुन् ।
गठबन्धन गरेर कांग्रेस पहिलो पार्टी बने पनि कमजोरी देखिएको औंल्याएका थिए । साथै माओवादीले कांग्रेसको साथ खोजे पनि विश्वास नगरेको उनको आरोप थियो । यस्तै आगामी चुनावमा गठबन्धन गर्नुअघि यस्ता कुरामा ध्यान दिनुपर्ने भन्दै उनले नेतृत्वलाई सचेत गराएका थिए ।
केही जिल्लाबाट सहयोग भयो राम्रो भयो तर केहीमा राम्रो भएन । नेकपा एकीकृत समाजवादी जनअनुमोदित भएन । नेकपा एसले एमालेले जितेको ठाउँ माग्यो जुन गलत भयो । माओवादीले साथ खोज्यो तर विश्वास गरेन । अरूसँग मिल्यो, उनले भने ।
उनले पोखरा महानगरपालिकासहित गण्डकीको चुनावी नतिजालाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका थिए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा कांग्रेसले एकीकृत समाजवादीका नेतालाई पोखराको मेयरमा सहयोग गर्ने निर्णय गर्दा शर्मालगायत नेताहरूले विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
चुनावमै देखिएनन देउवा, खड्का र सिंह, कांग्रेसमा आफ्नै भित्र अन्तरघातको आशंका
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै