भ्रातृ संस्थाको पूर्णताको माग राख्दै कोइराला समूहले प्रदर्शन गर्ने

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १८ : ३०
भ्रातृ संस्थाको पूर्णताको माग राख्दै कोइराला समूहले प्रदर्शन गर्ने

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ । काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो ।

सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको हो । 

शेखर समूहले पार्टी नेतृत्वको र सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ । काँग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस