काठमाडाैँ । विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र अस्ट्रेलियाका निक किर्गियोस भिड्दै छन् । लण्डनस्थित सेन्टर कोर्टमा हुने फाइनल खेल नेपाली समयानुसार साँझ पौने सात बजे सुरु हुनेछ ।
साविक विजेतासमेत रहेका जोकोभिच आज जित हात पार्दै लगातार दोस्रो तथा समग्रमा सातौं विम्बल्डन उपाधि उचाल्ने योजनामा छन् । पहिलोपटक विम्बल्डनको फाइनल पुगेका किर्गियोस पनि पहिलो प्रयासमै उपाधि उचाल्ने दाउमा छन् । जोकोभिचले सेमिफाइनलमा बेलायती खेलाडी क्यामरुन नोरीलाई २–६, ६–३, ६–२ र ६–४ ले पराजित गर्दा किर्गियोसले राफेल नाडालबाट वाकओभर पाएका थिए ।
स्पेनिस खेलाडी नाडालले चोटका कारण सेमिफाइनल खेल त्यागेका हुन् । महिला एकलतर्फको उपाधि कजाकिस्तानी एलेना रेबाकिनाले हात पारेकी छन् । उनले गएराति सम्पन्न फाइनलमा ट्युनिसियाकी ओन्स जबेउरलाई ३–६, ६–२ र ६–२ ले हारउँदै आफ्नो करिअरको पहिलो ग्राण्डस्लाम उपाधि हात पारेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १४ : ५९
लेखकबाट थप