काठमाडाैँ । थाइल्याण्ड भ्रमणमा रहेको नेपालको ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत आज चोनबुरी क्लबको सामना गर्दैछ । एनआरटी र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरीबिचको खेल साँझ पौने पाँच बजे सुरु हुनेछ ।
उसले यसअघि बिहीबार तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ को पराजय बेहोरेको थियो । प्रि–सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले बुधबार थोनबुरी एफसीसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
यसअघि मलेसियामा टुवान याङ टेरुतमा (टिवाईटी) कप फुटबल खेलको एनआरटीले दुवै खेलमा फराकिलो हार बेहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १३ : ११
लेखकबाट थप