बुढीगंगाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १२ : ०७
बुढीगंगाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेका उम्मेदवारहरूले जितेका छन्। मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवर निर्वाचित भएका हुन्।

रामबहादुरले ४७७७ मत ल्याएका छन्। यहाँ कांग्रेसबाट मेयर उठेका रंगबहादुर खाती पराजित भए। उनले जम्मा ३७७४ मत ल्याएका छन्। यस्तै उपमेयरमा मायाकुमारीले ४७२७ मत ल्याएकी छन् भने उपमेयरकी अर्की उम्मेदवार रिता शाही शाहले जम्मा ३७५५ मत ल्याएर पराजित भइन्।

७५३ स्थानीय तहमध्ये एमालेले २०६ पालिका प्रमुख जितेको छ। बुढीगंगामा वैशाख ३० मा निर्वाचन भए पनि बुथ कब्जा भएको भन्दै असार २३ मा पुन निर्वाचन गरिएको थियो।

यस्तै यहाँको १० वडामध्ये सातमा एमाले र ३ मा कांग्रेस उम्मेदवारले वडाध्यक्ष जितेका छन्।

प्रतिक्रिया दिनुहोस