विवेकशील साझाका युवा नेताहरूसँग बाबुरामको भेट

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १२ : ०८
विवेकशील साझाका युवा नेताहरूसँग बाबुरामको भेट

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विवेकशील–साझाका युवा नेताहरूसँग छलफल गरेका छन् । 

वैकल्पिक राजनीतिका मुद्दा र सम्भावनाबारे अन्तरंग छलफल भएको डा. भट्टराईले शनिवार राति सामाजिक ट्वीटरमा शेयर गरेका छन् । देशमा राजनीतिक, आर्थिक लगायत सबै क्षेत्रमा गम्भीर संरचनात्मक समस्या रहेको र पूराना राजनीतिक शक्तिहरू अक्षम रहेको स्थितिमा अहिलेसम्म भएका विभिन्न प्रयोगहरूबाट सिकेर अघि बढ्नुपर्ने सुझाव पनि दिएको उनले उल्लेख गरेका छन् । 

उनले लेखेका छन्,‘विवेकशील–साझाका युवा नेताहरूसँग देशमा वैकल्पिक राजनीतिका मुद्दा र सम्भावनाबारे अन्तरंग छलफल । देशमा राजनीतिक,आर्थिक लगायत सबै क्षेत्रमा गम्भीर संरचनात्मक समस्या रहेको र पूराना राजनीतिक शक्तिहरू अक्षम रहेको स्थितिमा अहिलेसम्म भएका विभिन्न प्रयोगहरूबाट सिकेर अघि बढ्नुपर्ने सुझाव ।’

प्रतिक्रिया दिनुहोस