पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, ११ : ४४
पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाडाैँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) बाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ ।पाकिस्तानको सहभागिता पक्का भएसँगै ७ राष्ट्रले महिला साफ च्याम्पियनसिप खेल्ने भएका छन् । उसको महिला आठ वर्षपछि महिला फुटबलमा सहभागिता जनाउन लागेको हो । 

महिला साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुने तय भइसकेको छ । फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै सन् २०२१ को ५ अप्रिलमा पाकिस्तान फुटबल महासंघ (पिएफएफ) लाई प्रतिबन्ध लगाएको थियो ।

सन् २०२२ को १ जुलाईमा प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने मौका पाएको हो ।

प्रतिक्रिया दिनुहोस