गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा वासिंगटन डिसीमा प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, ११ : १४
गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा  वासिंगटन डिसीमा  प्रदर्शन

काठमाडाैँ । सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानीमा वासिंगटन डिसीमा हजारौँ मानिसले प्रदर्शन गरेका छन्।सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो।

‘हामी फिर्ता जानेछैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए। प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए।प्रदर्शनमा अमेरिकाभरबाट १० हजार जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रदर्शनमा भाग लिन करिब १ हजार ३ सय माइल यात्रा गरी डलासका ३३ वर्षीया न्यायाधीवक्ता लरेन पियर्स पनि सहभागी थिइन्। शारीरिक स्वायत्तताको मौलिक अधिकारका लागि आफू त्यहाँ उपस्थिति भएको उनले बताइन्।

पियर्सको गृहराज्य टेक्सास अमेरिकामा गर्भपतनलाई पहिले नै निषेध गरिएका १० राज्यहरूमध्ये एक हो। कम्तीमा एक दर्जन अन्य राज्यहरूले पनि गर्भपतनमा अंकुश लगाउने अपेक्षा गरिएको छ।तर, गर्भपतनलाई हत्याको रूपमा हेर्ने अभियानकर्ताहरूले अदालतको पछिल्लो फैसलाको स्वागत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस