काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको एक टोली काठमाडौं आइपुगेको छ।आफ्नो चारदिने नेपाल भ्रमणका लागि जियानचाओ काठमाडौं पुगेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार केहीबेर अघि उनीसहितको टोली काठमाडौं आइपुगेको हो।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी नेपाल आइपुगेका हुन्। उनी द्वारिका होटलमा बसेको स्रोतले जानकारी दिएको छ।नेपाल भ्रमणका क्रममा उनी सहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्ने बताइएको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, ११ : ०६
लेखकबाट थप