यस्तो छ आजको मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, ०९ : ०६
यस्तो छ आजको मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ १६ पैसा र बिक्रीमा ९० रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा रहेको छ भने जापोनी येन १० को बिक्रीमा ९ रुपैयाँ ३६ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ र बिक्रीमा ३३ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा, युएई दिरहम एकको खिरदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीम ३४ रुपैयाँ ६१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा र कुवेती दिनार एकको खिरदमा ४११ रुपैयाँ २५ पैसा र बिक्रीमा ४१३ रुपैयाँ २० पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस