काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र बागमतीका एक, दुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको छ।
दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?