किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्याक्टर पल्टिएर ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।
ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते