काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दुई फ्रेन्चाईज लिग यो सिजनमा खेल्न आवद्ध भएका छन् । लामिछाने यो सिजनमा क्यारेबियन प्रिमयर लिग (सिपिएल) जमैका तलावाजबाट र अर्को श्रीलंकाको टी २० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने पक्का भएको छ ।
सन्दीपलाई वेस्ट इन्डिजको टी २० फ्रेञ्चाइज लिग टिम जमैकाले विदेशी खेलाडीको कोटामा बुधबार आबद्ध गरेको हो। जमैकाले सन्दीपसँगै पाकिस्तानका इमाद वासिम र मोहमद अमिर, दक्षिण अफ्रिकाका प्रेटोरियस र अस्ट्रेलियाका क्रिस ग्रिनलाई टिममा भित्र्याएको छ। २०२२ को सिपिएल आगामी अगस्ट ३१ देखि सुरू हुँदैछ।
सन्दीप दोस्रो पटक जमैकामा आबद्ध भएका हुन्। यसअघि उनले २०२० को सिजनमा पनि जमैकाबाट खेलेका थिए। त्यतिबेला उनले १२ विकेट लिएका थिए। सो सिजनमा सन्दीपले ९० हजार अमेरिकी डलर पारिश्रमिक लिएका थिए। सिपिएलमा आबद्ध भएको अघिल्लो दिन मंगलबार सन्दीपले श्रीलंकाको टी २० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने पक्का भएको थियो।
मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आबद्ध गरेको थियो। अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आबद्ध गरेको थियो । २०२२ को एलिपएल आगामी जुलाइ ३१ देखि सुरू हुनेछ। प्रतियोगितामा पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए