डी मारिया इटालियन क्लब युभेन्टसमा अनुबन्धित हुने

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १५ : ५४
डी मारिया इटालियन क्लब युभेन्टसमा अनुबन्धित हुने

काठमाडौं। अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन्। डी मारियाले युभेन्टससँग एक वर्षको सम्झौता गर्ने भएका हुन्।युभेन्टस र ३४ वर्षीय डी मारियाबीच एक वर्षे सम्झौताका लागि सहमति भएको फ्रान्सेली सञ्चारमाध्यमहरुले जनाएका छन्।

डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए। पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका छन्। यस्तै, १ सय ११ असिस्ट गरेका छन्। पीएसजीका लागि उनले १८ उपाधि जितेका छन्। डी मारिया सन् २०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पीएसजी आएका थिए।

प्रतिक्रिया दिनुहोस