युवालाई विप्लवको निर्देशन- तास खेल्दाखेल्दै र डान्सबारबाट समातियो भन्ने सुन्न नपरोस्

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १५ : ४०
युवालाई विप्लवको निर्देशन- तास खेल्दाखेल्दै र डान्सबारबाट समातियो भन्ने सुन्न नपरोस्

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले निरन्तर क्रान्तिको बाटोमा लाग्न आफ्ना युवा कार्यकर्तालाई निर्देशन दिएका छन् । होस् गुमाएका मान्छेहरूले आफूहरूमाथि हमला गर्न खोजेको भन्दै उनले आफू नतर्सिने बताए । पार्टी निकट युवा संगठनको कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै विप्लवले देश र जनताको परिवर्तनका लागि लड्न युवाहरूलाई निर्देशन दिएका हुन् ।

‘तपाईं युवाहरू सचेततापूर्वक लड्नु पर्छ । विप्लवका युवा तास खेल्दैथियो, डान्स बारमा समातियो भन्ने सुन्न नपरोस् । युवाहरूले राम्रो काम गर्नुस्,’ विप्लवले भने, ‘जनताको पक्षमा काम गरे गाँस काटेर भए पनि पाल्छन्, ओछ्यान छाडेर पनि सुताउँछन् ।’

प्रतिक्रिया दिनुहोस