काठमाडौं। आम आदमी पार्टी (आप) बाट निर्वाचित भएर भारतको पञ्जाबमा मुख्यमन्त्री बनेका भगवंत मान दोस्रोपल्ट बिहे गर्दैछन् ।
बिहीवार मुख्यमन्त्री मानले चंडीगढमा डा. गुरप्रीत कौरसँग विवाह गर्न लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री मान ४८ वर्षका छन् । मुख्यमन्त्री मानले पहिलो पत्नी इन्दरप्रीत कौरसँग सन् २०१५ मा सम्बन्धविच्छेद गरेका थिए । पहिलो पत्नीबाट मानका २ बच्चा छन् । दुवै बच्चा आमासँगै अमेरिकामा बसिरहेका जनाइएको छ ।
मुख्यमन्त्री मानको विवाह समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल समेत सहभागी हुनेछन् । मान सन् २०१४ मा सांसद बनेका थिए । राजनीतिमा सक्रिय हुँदा परिवारलाई समय दिन नसकिएकाले पत्नीसँग सम्बन्धविच्छेद भएको मुख्यमन्त्री मानले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १५ : १८
लेखकबाट थप