आइतबार सार्वजनिक बिदा

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १४ : ३९
आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस