गोरखाको छोप्राकमा बस दुर्घटना, २० जना घाइते

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १४ : २३
गोरखाको छोप्राकमा बस दुर्घटना, २० जना घाइते

काठमाडौं। चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । छोप्राकको राम्चेचौतारा नजिकै ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको हो । 

घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा घाइते भएका पवन पोखरेलका अनुसार घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको थियो ।  

प्रतिक्रिया दिनुहोस