लमजुङका २१ घर बाढीपहिराकाे उच्च जोखिममा

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १४ : १९
लमजुङका २१ घर बाढीपहिराकाे उच्च जोखिममा

काठमाडौं। लमजुङमा बाढीपहिराकाे कारण २१ घर उच्च जोखिममा परेको छ। क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको हाे।वडाध्यक्ष मनलाल गुरुङले भने, ‘१५ गते ठूलो वर्षापछि पहिरो गएको थियो। सोपश्चात् पटकपटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरू जोखिममा परेको छ।’

वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती रहेकाले झन् बढी जोखिम रहेको छ।निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरू सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना छ’, उनले भने।

पहिराले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ।सोपश्चात् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ लगायतको टोलीले समेत अनुगमन गरेर गएको थियो।

अनुगमनपश्चात् उनले दक्ष प्राविधिक ल्याएर पहिराको थप अनुसन्धान गरेर रोकथाम गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ। त्यहाँ दैनिकजसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन्। उक्त घरका १५० भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन्।

प्रतिक्रिया दिनुहोस