नेयमार क्लबमै बसेको हेर्न चाहेको छु : प्रशिक्षक गाल्टिएर

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १४ : १६
नेयमार क्लबमै बसेको हेर्न चाहेको छु : प्रशिक्षक गाल्टिएर

काठमाडौं।फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का नवनियुक्त प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीमा ब्राजिलियन फरवार्ड नेयमार जुनिअर क्लबमै बसेको हेर्न चाहेको बताएका छन्। प्रशिक्षकमा नियुक्त भएकै दिन गाल्टिएरले नेयमारबारे उक्त प्रतिक्रिया दिएका हुन्। उनले नेयमारलाई लिएर आफूसँग स्पष्ट योजना रहेको पनि बताए।

‘उनी विश्वस्तरीय खेलाडी हुन्। मसँग प्रष्ट विचार छ, नेयमार मसँग बसेको हेर्न चाहन्छु,’ उनले भने। नेयमार यसै समरमा सरुवा हुने चर्चा छ। उनको क्लबमै बस्ने चाहना भएपनि पीएसजीले बेच्न खोजिरहेको छ।  

फ्रान्सेली क्लब लिलका पूर्वप्रशिक्षक गाल्टिएर मंगलबारमात्र पीएसजीले मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। अर्जेन्टिनी मौरिसियो पोचिटिनोलाई बर्खास्त गरेलगत्तै पीएसजीले गाल्टिएरलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस