बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सीप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १३ : ०७
बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सीप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सीप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन्।

मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेको १०औँ स्थापना दिवसको अवसर शुभकामना दिने क्रममा यस्तो बताएका हुन्।उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे।

विदेशमा व्यस्त समयको समेत परवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्वसमुदाय समक्ष जीवन्त राख्ने योगदान सकरात्मक भएको उल्लेख गरे।नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १०औँ वार्षिकोत्सव आइतबार लण्डनमा आयोजना गर्दैछ।

प्रतिक्रिया दिनुहोस