हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १२ : ३१
हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने

काठमाडौं।  हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने अनौपचारिक सहमति भएको छ । हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटीले लगभग तय गरेकोले एक–दुई दिनभित्रै सहमति हुने सिभिल बैैंक स्रोतले जानकारी दिएको छ । बैैंक स्रोतका अनुसार लामो बहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रतिकित्ता ८१ रूपैयाँमा गाभिन तयार भएको हो । 

मर्जरपछिको नयाँ बैैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल बैंकका सुनिल पोखरेल हुने सहमति भएको छ । 

यसअघि नेपाल इन्भेष्टेमन्ट बैंकसँग मर्जर सम्झौता गरेको हिमालयनले उक्त मर्जर प्रक्रिया भाँडिएपछि नयाँ पार्टनर खोज्न थालेको हो । कर्मचारी सञ्चयकोषको १४ प्रतिशत लगानी रहेको हिमालयनसँगै सिभिलमा पनि कोषकै ८ प्रतिशत शेयर लगानी छ । 

प्रतिक्रिया दिनुहोस