भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १२ : २८
भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं। सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शीतलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो।

सिरहाबाट भैँसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई बिहान सवा ५ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

 

 

प्रतिक्रिया दिनुहोस