लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १२ : १७
लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

काठमाडौं। लमजुङमा मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ गतेसम्म सो सङ्ख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताए । उनका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएको छ । 

त्यस्तै, उक्त अवधिमा २८२  घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएको छ । ३६९ उद्योग नवीकरण भएको थियो । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा छ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । 

उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १० उद्योग खारेज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस