काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ३८१ जना सवारी चालकलाई कारबाही गरेको छ ।उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।रेड लाइट, लेन र मदिरा सेवनको कार बाईँमा परेका ३४४ जना चालकलाई ट्राफिक प्रहरीले हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सचेतना कक्षामा सहभागी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, ११ : २५
लेखकबाट थप