चलचित्र चिसो मान्छे यूएईमा प्रदर्शन हुने

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, २० : ५२
चलचित्र चिसो मान्छे यूएईमा प्रदर्शन हुने

काठमाडौं । वैदेशिक रोजगारीको कथा समेटिएको नेपाली कथानक चलचित्र चिसो मान्छे यूएईलगायत मध्यपूर्वका बहराइन , कतार, र ओमान प्रदर्शन हुने भएको छ । चलचित्र जुलाई ७ तारिकदेखि प्रदर्शन हुने मध्यपूर्वका लागि वितरक रमेश ढकालले जानकारी दिएका छन् । 

कोरोनाको समयमा वैदेशिक रोजगारीमा मृत्यु भएको नेपालीको शव काठमाडौं एअरपोर्टबाट सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला लैजाँदै गरेको यात्रालाई सिनेमा देखाएको छ । चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् भने स्वस्तिमा खड्का र अर्पन थापाको मुख्य भूमिकामा अभिनय रहेको छ । खनालले यसअघि आमा र पशुपती प्रसाद जस्ता नेपाली समाजको यथार्थ चित्रण गरिएका सफल चलचित्रहरूमा निर्देशन गरिसकेका छन् । 

ढकालका अनुसार मध्यपूर्वका ३० भन्दा बढी सिनेमा हलहरुमा उक्त चलचित्र प्रदर्शनी हुनेछ । यसअघि कबड्डी ४ ले समेत खाडी राष्ट्रहरुमा राम्रो व्यापार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस