रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १९ : १८
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो

काठमाडौ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुँदा चालक भने सकुशल रहेका छन् । 

चालक गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका जोगिएका हुन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । 

उक्त दुर्घटनामा हालसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् । 

आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा दुर्घटनामा परेको थियो । 

स्थानीयवासीले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस