रामेछाप बस दुर्घटना, ६ जना घाइतेको उद्धार

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०८२, १२ : १८
रामेछाप बस दुर्घटना, ६ जना घाइतेको उद्धार

काठमाडौँ । काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताए ।

उनले भने,‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौँ । पाँच जनालाई बेहास अवस्थामा अस्पताल लगिएको छ । बाँकी यात्रुको खोजी कार्य भइरहेको छ ।’

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख ९९७५ नम्बरको बस तामाकोशीमा खसेको उनले प्रजिअ थापाले बताए। बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको छ ।

नेपाल प्रहरी र गोताखेरको टोलीले उद्धार कार्य जारी राखेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस