काठमाडौं । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।
योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए ।
हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।
यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ असार २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँको फोहोर व्यवस्थापनमा कुँवर नेतृत्वको एनआरएनएको चासो
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो
जथाभाबी वक्तव्यवाजी नगर्न आग्रह काठमाडौं प्रशासनको आग्रह
करिब तीन महिनापछि ताप्लेजुङ-काठमाडौँ उडान सुरु
स्नातक उत्तीर्णपछि काठमाडौँ विश्वविद्यालयमा स्वतः रोजगारीको अवसर
काठमाडौँको फोहोर विसर्जनमा आज पनि स्थानीयवासीको अवरोध