चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबार बस्ने

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, ०८ : २६
चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबार बस्ने

flle Pic

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।