काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।
सोमबार बसेको बैठकमा नौवटा विषयगत मन्त्रालयहरुको बजेटमाथि छलफल भएको थियो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।
प्रतिपक्षी दल एमालेले बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको, एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको भन्दै आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
बागमती प्रदेशसभामा विधेयक दर्ता
चिट्ठा विधेयक विवादबीच आज बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक शनिवार बस्ने
बागमती प्रदेशसभामा ४ वटा विधेयक पेस