ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १७ : १९
ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस