काभ्रे । अनेरास्ववियू काभ्रेले मूल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।वर्तमान सरकारले जनताको ढाड सेक्नेगरी दैनिक उपभोग्य वस्तु तथा पेटोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियूले बनेपाको तीनदोबाटोमा देउवाको पुत्ला दहन गरेको हो ।
विरोधमा सहभागीले प्रधानमन्त्री देउवा, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री र शिक्षामन्त्रीको राजीनामा समेत माग गरेका छन् ।तत्काल मुल्यवृद्धि फिर्ता नगरे मन्त्रीहरूलाई जिल्ला प्रवेशमा निषेध सहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियू काभ्रेका उपाध्यक्ष हेमराज हुमागाईंले बताए।
विरोध कार्यक्रममा सचिवालय सदस्य हरिशचन्द्र घिमिरे, केन्द्रीय सदस्य सुनिता थापा, पुर्व जिल्ला अध्यक्ष गोविन्द उप्रेती लगायत विद्यार्थी नेताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रवेश परीक्षा नलिई भर्ना लिने सीटीइभीटीको निर्णय खारेजको माग गर्दै अनेरास्ववियूले बुझायो ज्ञापनपत्र