चौधरी ग्रुपले बजारमा ल्यायो क्रम्पटन ब्राण्डका विभिन्न रेन्जका एयर कुलरहरू

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १२ : ०५
चौधरी ग्रुपले बजारमा ल्यायो क्रम्पटन ब्राण्डका विभिन्न रेन्जका एयर कुलरहरू

काठमाडौं । चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरि क्रम्पटन ब्राण्ड अन्तर्गत विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको छ । जसमा डेर्जट कुलर, विन्डो कुलरहरु रहेका छन् । 

क्रम्पटन ब्राण्ड भारतको सबैभन्दा पुरानो ब्राण्ड र कम्पनिहरु मध्ये एक हो र यसमा उत्कृष्ट गुणस्तर, विश्वसनीयता, उत्कृष्ट इन्जिनियरिङ क्षमता, उत्पादन डिजाईन र ठूलो मात्रामा विश्वलाई प्रेरित गर्ने समृद्ध विरासत छ । क्रम्पटनले उपभोत्ताको आवश्यकताको अर्थपुर्ण सामाधान प्रदान गर्ने नवीन उत्पादनहरु निर्माण गर्दछ । 

क्रम्पटनका उत्पादनहरु भिन्न हुनुका साथै उपभोक्ताहरुलाई ध्यानमा राखेर डिजाईन गरिएका हुन्छन् । हेर्दे निकै आकर्षक देखिने कुलरहरुमा अनेकौ विशेषता रहेको कम्पनीले जनाएको छ । त्यही विशेषताहरुमा हनिकम्ब प्याड, वाईड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर, लामो समय सम्म चल्ने पम्प जसले कडा पानीमा पनि काम गर्दछ, व्राेम नब र सजिलो सफाईको लागि पनि नाली प्लग अटो, स्विङ ठाडो लुभहरु, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता अद्धितीय विशेषताहरु रहेका छन् । साथै क्रमटन का एयर कुलहरुमा १२ महिनाको वारेण्टी रहेको छ । 

क्रम्पटन ब्राण्डका एयर कुलरहरु चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. ले ल्याएको छ । क्रम्पटन ब्राण्डका थुप्रै अरु घरायसी उपकरणहरु पनि भविष्यमा थप्दै जाने कम्पनीले आफ्नो प्रेश विज्ञप्तीमा जनाएको छ । 

प्रतिक्रिया दिनुहोस